काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव सूर्यबहादुर खत्रीले पाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार नयाँ सरुवा भई आउने सहसचिवलाई जिम्मेवारी तोक्नुका साथै मन्त्रालय मातहतका सहसचिवको फेरबदल गरेको हो ।
बिहीबारको मन्त्रिपरिषद बैठकले खत्रीलाई गृह मन्त्रालयबाट श्रम मन्त्रालयमा सरुवा गरेको थियो । विभागमा खत्रीलाई पठाइएसँगै विभागका महानिर्देशक डण्डुराज घिमिरेलाई मन्त्रालयमा तानिएको छ । उनलाई मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाको प्रमुखको दिइएको छ ।
यसैगरी बिहीबारकै मन्त्रिपरिषद् बैठकबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट श्रम मन्त्रालयमा सरुवा भए आएका सहसचिव प्रदीप कोइरालालाई श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।


