काठमाडौं । निजामती कर्मचारीका विभिन्न संगठनहरुले निजामती सेवा ऐनमा आफ्ना माग समावेश गर्न आग्रह गरेका छन् । रुपन्देहीमा क्रियाशील कर्मचारीहरूका संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निजामती सेवा ऐनमा आफ्ना माग समावेश गर्न आग्रह गरेका हुन् ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष रमेशप्रसाद पाण्डे, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष प्रेमप्रसाद खनाल, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष चक्रपाणि पाण्डे र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का अध्यक्ष उत्सव न्यौपानेले जारी गरेको संयुक्त विज्ञप्तिमा २०८० फागुन २१ गते सरकारले संसद्मा दर्ता गरेको संघीय निजामती सेवा विधेयकका केही प्रावधानमा राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनबीच विमति रहेको र ती प्रावधानको संशोधनका लागि १५८३ वटा संशोधन प्रस्ताव संसद्का दर्ता भएको उल्लेख गरेका छन् ।


