काठमाडौं । आइएमई मोटर्सले रिलायन्स फाइनान्सबीच ७० प्रतिशतसम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी भएको छ ।
सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एस एम प्रमुख नबिन्द्र केसी र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारीबिच हस्ताक्षर भएको हो।
यस समझदारी मार्फत दुबै कम्पनीहरूको ग्राहक९केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन् । यसबाट ग्राहकहरूलाई सवारी साधन किन्न सहज र पहुँच योग्य फाइनान्सिगको सुविधा उपलब्ध भएको छ ।
यस सम्झौतासँगै ग्राहकहरूले अब रिलायन्सबाट ७० प्रतिशत सम्मको सवारी साधन फाइनान्सिग सुविधा प्राप्त गर्न सक्नेछन् ।