काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम गरिएको छ भने एक युरोको खरिद दर एक सय ४८ रुपैयाँ ८७ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ ५४ पैसा रहेको छ ।
यसैगरी एक पाउण्ड स्ट्रलिङको खरिद दर एक सय ७७ रुपैयाँ ३२ पैसा र बिक्री दर एक सय ७८ रुपैयाँ १२ पैसा कायम भएको छ ।
यस्तै स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ रुपैयाँ ०२ पैसा र बिक्री दर एक सय ५७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ७८ पैसा र बिक्री दर ९१ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २९ पैसा र बिक्री दर ९८ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय तीन रुपैयाँ २१ पैसा र बिक्री दर एक सय तीन रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ।