काठमाडौं । कुमारी बैंकका ग्राहकले धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।
यस बारेमा मंगलबार उनीहरुबीच सम्झौता भएको हो । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले सो रिसोर्टबाट प्रदान गरिने सेवाहरू – खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा) , स्वमिङ पूल, ज्याकूजी, स्टीम तथा सोनामा कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।
यस सुविधाबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत लिनेमा बैंकको विश्वास रहेको छ ।