काठमाडौं । साताको अन्तिम कारोबार दिन विहीबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज नेप्से ०.५४ अंकले घटेको छ ।
बुधबार ४९ अंकले बढेको नेप्से आज प्रि ओपन सेसनमा भने घटेको छ । उक्त सेसनमा १६ लाख ३६ हजार १५१ रुपैयाँ बराबरको ३ हजार ३९२ कित्ता शेयर किनबेच भएको छ ।
उक्त सेसनमा २० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
उक्त सेसनमा ४५ वटा कम्पनीको शेयर ७२ पटक किनबेच भएको छ ।