काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
आज एक अमेरिकी डलरको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी एक युरोको खरिद दर एक सय ४८ रुपैयाँ ३५ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ २ पैसा कायम गरिएको छ ।
मंगलबार एक स्ट्रलिङको खरिद दर एक सय ७७ रुपैयाँ ५९ पैसा र बिक्री दर एक सय ७८ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ मरुपैयाँ ०३ पैसा र बिक्री दर एक सय ५७ रुपैयाँ ७४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ९ पैसा र बिक्री दर ९१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ४५ पैसा र बिक्री दर ९८ रुपैयाँ ९० पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय तीन रुपैयाँ ३० पैसा र बिक्री दर एक सय तीन रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।


