काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको जनाएको छ ।
चाँदी प्रतितोला ४० रुपैयाँ बढेर एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।