काठमाडौं । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार सातसयमा कारोबार भइरहेको छ । सुनको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो।
हिजो सुनको मूल्य एकलाख ६० हजार चारसय रुपैयाँ थियो। आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी आज एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।