काठमाडौं । अख्तिार दुरुपायोग अनुसन्धान आगोगले ३४ औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) पेस गरेको छ । प्रमुख आयुक्त प्रेमकुमार राईलेले राष्ट्रपति पौडेललाई प्रतिवेदन पेश गरेका हुन् । पौडेलले आयोगले भ्रष्टाचार नियन्त्रणका विभिन्न रणनीतिहरू अबलम्बन गर्दै आएको बताए । उनले कार्य सम्पादन गर्दा आम नागरिक तथा राष्ट्रिय हितलाई मध्यनजर गरी सदाचार, निष्पक्षता र निर्भिकताको मूल मन्त्रलाई आत्मसात गरेकोमा अख्तियारप्रति खुसी व्यक्त गरे ।
‘सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान तहकिकात र अभियोजनसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्वपूर्ण रहेको छ,’ राष्ट्रपति पौडेलले भने, ‘संस्थागत क्षमता विकास र कर्मचारीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अत्यावश्यक छ ।’
राईले झन्डै २७ हजार उजुरी परेकोमा १०५० उजुरीमाथि विस्तृत अनुसन्धान भएको बताउँदै १५२ मुद्दामा कसुर स्थापित भएको र यसबाट ८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४ सय ७ रुपैयाँ बिगो मागदाबी गरिएको छ । कुल प्रतिवादीहरूमध्ये राष्ट्रसेवक कर्मचारी ५२० छन् ।
निर्वाचित जनप्रतिनिधिहरू १०६ जनाविरुद्ध विशेषमा मुद्दा हालिएको छ । मनोनित पदाधिकारी १४८ जना, राजनीतिक नियुक्ति ३२, लेखापढी व्यवसायी, विचौलिया, संघसंस्था र अन्य व्यक्तिहरू ७३९ रहेका छन् । राष्ट्रसेवक कर्मचारी ५ सय २० जनामध्ये विशिष्ट श्रेणीका ६, सहसचिव वा सो सरह ३० उपसचिव र सीडीई वा सो सरह ८२ र शाखा अधिकृतरइन्जिनियर वा सो सरह २ सय २ र सहायकस्तरका २ सय जना छन् ।


