काठमाडौं । सरकारले ल्हासा, कोलकाता र ग्वान्जाउका लागि महावाणिज्यदूत नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बसेको बैठकले चीनको ग्वान्जाउ र ल्हासा तथा भारतको कोलकाताका लागि महावणिज्यदूत नियुक्त गरेको हो।
ग्वान्जाउका लागि भरत खनाल, कोलकाताका लागि झक्कप्रसाद र लक्ष्मीप्रसाद निरौला ल्हासाका लागि महावाणिज्यदूत नियुक्त भएका हुन्।
महावाणिज्य दूत बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ३२ गते उनीहरूको परराष्ट्र मन्त्रालयमा सरुवा गरेको थियो। महावाणिज्य दूतहरूको कार्यकाल ४ वर्षको हुन्छ।


