काठमाडौं । मुख्य सचिव एकनाराण अर्यालले इमान्दार भएर सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । उनले आइतबार पदवहाली गर्दै यस्तो निर्देशन दिएका हुन् ।
प्रहरी,निजामती,शिक्षकलगायत सार्वजनिक प्रशासनप्रति जनताका धेरै नकारात्मक गुनासाहरू आएको बताउँदै उनले यसलाई चिर्नेगरी कार्यसम्पदान गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका हुन्।
‘सेवा प्रवाहमा जनताबाट धेरै गुनासाहरू आएका छन् । ती गुनासाहरूको सम्बोधन हुनेगरी काम गर्नुपर्यो। त्यसलाई चिर्नु पर्यो। निजामती प्रशासनले आफ्ना मूल्य मान्यतामा रहेर जनतालाई सेवा दिनुपर्यो,’मुख्यसचिव अर्यालले भने,’जनतालाई महशुस हुनेगरी सेवा दिनुपर्छ। त्यसका लागि म समन्वयनका लागि तयार छु।’


