काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याललाई नियुक्त भएकी छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अर्याललाई नियुक्त गरिएको जानकारी गराएका हुन् ।


