काठमाडौं । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ।
सरकारले वर्षभरि सम्पादन गरेको कामका आधारमा निजामती कर्मचारीको नाम छनोट गरी पुरस्कृत गर्दै आएको छ।
उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत रामचन्द्र दंगाल, कर्णाली प्रदेशका सचिव शंकर बहादुर के सी, प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने उपसचिव राजु प्रसाद गुरागाईँ, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव चूडाराज न्यौपाने, गृहका उपसचिव कृष्ण सापकोटा, सामान्य प्रशासनका उपसचिव चिरञ्जीवी नेपाल, नापी कार्यालय खाँदवारी सर्वेक्षक आशा राई,कोशी टप्पु बन्युजन्तु आरक्षको टरेगा बुनु राना र निल बहादुर पुर्जा मगर रहेका छन्


