काठमाडौं । उमेरहदका कारण अवकाश नगर्न माग गर्दै प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
एआईजी ज्ञवाली, डीआईजीहरु केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेलसहित ५ जनाले रिट दायर गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालले अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् । सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गरेको छ ।
प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरु ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । श्याम ज्ञवाली ५६ वर्षे उमेरहद पुरा गरेर भदौ २५ मा अवकाशमा जाँदै छन् ।


