काठमाडौं । सुशील ज्ञवाली लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।
उनलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नियुक्त गरेको हो ।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्टमा परेका थिए । त्यसमध्येबाट ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएकोमा ज्ञवाली सीईओ नियुक्त भएका हुन् ।
२७ साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सीईओका लागि आवेदन माग गरेको थियो ।


