काठमाडौं । लामो समयदेखि रिक्त रहेको स्थानीय तहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक १०० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।
लोकसेवा आयोग उत्तीर्ण गरेर शाखा अधिकृत भएकाहरूलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १२३ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेकोमा १०० पठाइएको र बाँकी २३ गाउँपालिका मात्रै प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका छन् ।


