काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाएर विकास र समृद्धिको लक्ष्य हासिल गर्ने बताएका छन् ।
मन्त्री पौडेलले आज आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा यस्तो धारणा क्यक्त गरेका हुन् ।
उनले कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने बताए। उनले करको दायरा विस्तार गर्ने, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने, कर छली र चुहावट रोकिने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए।


