काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले संघीय निजामती ऐनलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढाउन आग्रह गरेका छन् । उनले विहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा आफ्नो धारणा राख्ने क्रममा यस्तो आग्रह गरेका हुन् ।
संविधान जारी भएको लामो समय हुँदासमेत संघीय निजामती ऐन नआउँदा समस्या भएको अर्यालको भनाइ थियो । ुयो कानुन समयमा पास नगर्दा, संविधान जारी भएको साढे ८ वर्ष भइसक्यो, अब पनि यो विधेयक लिङ्गरिङमा लैजाने हो भने सेवा प्रवाह राम्रोसँग दिन सक्दैनौं,ु उनले भने ।


