काठमाडौं। सशस्त्र प्रहरी बलका डेढ दर्जन उच्च अधिकृतले आजबाट अवकास पाएका छन् ।
यसरी अवकासमा जानेहरुमा डीआईजीहरु अभिकुमार खत्री, दुर्गाप्रसाद भट्टराई, प्रहरी वरिष्ठ उपरीक्षक .(एसएसपी) विश्वकुमार भट्टराई रहेका छन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका उनीहरु ३० वर्षे सेवा अवधि पूरा गरेपछि उनीहरु अनिवार्य अवकाशमा गएका हुन् ।
यसैगरी अवकाश पाउने एसपीहरुमा पूर्णबहादुर साउद, धनबहादुर सिंह, भीमबहादुर चौधरी, महेन्द्रराज भारती, दिपेन्द्र गिरी, अम्मरबहादुर ऐर, अशोककुमार शाक्य, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, त्रिभुवन बिष्ट र उद्धवबहादुर रावल रहेका छन् ।
उनीमध्ये महेन्द्रराज भारती र भीमबहादुर चौधरीले अवकाशमा जानुअघि एक तह बढुवा पाएका थिए । दुई जना डीएसपी राजेश्वरप्रसाद शाह र हरिबहादुर शाही पनि अवकाशमा गएका छन् ।


