काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालले बंगलादेश हुँदै अन्य देशमा पनि बिजुली निर्यात गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।
सोमबार ऊर्जा विकास कार्ययोजनाबारे मन्त्री र उच्च अधिकारीहरूसँग छलफलमा प्रधानमन्त्री ओलीले उत्पादन बढ्दो रहेको स्थितिमा विद्युत् व्यापारमा विविधिकरण गर्दै बंगलादेशमा बिजुली निर्यात गर्न भारतको डेडिकेटेड ट्रान्समिटर लाइन बनाउने र बंगलादेश हुँदै अरु मुलुकमा पनि निर्यात गराउने गरी लाग्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले आयोजनाका मुआब्जा र प्रसारणलाइनका विवाद मिलाउन तथा नेपाल विद्युत् प्राधिकरणलाई औचित्यता र कार्यक्षेत्रका आधारमा व्यवस्थितरूपमा सञ्चालनमा ध्यान दिनुपर्ने बताए ।
ु