काठमाडौं । ग्लोबल आईएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट प्रोग्रामअन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा् दिगो आवास भवन निर्माणका लागि ऊर्जा कुशल प्रविधी तथा अभ्यास प्रवर्द्धनका लागि समझदारी भएको छ।
उक्त समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक अष्ट्रियाको प्रतिनिधि तथा बीन प्रोजेक्ट प्रमुख डा। ड्यानियल नेयरले हस्ताक्षर गरे। बैंकले दिगो आवास प्रवर्द्धन गर्न ‘ग्रीन होम लोन’ विशेष कर्जा योजना लागू गर्दै आएको छ। बैंकका अनुसार यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनहरूको प्रवर्द्धन गर्न सहयोग पुर्याउनेछ।


