काठमाडौं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको निर्वाचन रोक्न आदेश दिएको छ । विहीबार न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले यस्तो आदेश दिएको हो ।
अध्यक्ष जीवनराम श्रेष्ठले एकलौटी निर्वाचनका नाममा अरुलाई निषेध गर्न लागेको भन्दै कमल चित्रकारले अदालत रिट दायर गरेका थिए ।
सरकारले पनि श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई निर्वाचन नगर्न र सबैको सहभागिता सुनिश्चित गर्न निर्देशन दिएको थियो । तर सरकारको निर्देशनविपरित निर्वाचन गर्न लागेको थियो ।