काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बैंकले आज सार्जजनिक गरेको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ४२ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ दुई पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ५५ पैसा निर्धारण गरिएको छ।
युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपियाँ ९८ पैसा र बिक्रीदर एक सय ७५ रुपियाँ ७४ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपियाँ ८९ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ ५६ पैसा तय गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ १३ पैसा र बिक्रीदर ८८ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ३६ पैसा र बिक्रीदर ९७ रुपियाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ४८ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २५ पैसा र बिक्रीदर नौ रुपियाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ नौ पैसा र बिक्रीदर १९ रुपियाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९१ पैसा र बिक्रीदर ३७ रुपियाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९८ पैसा र बिक्रीदर ३८ रुपियाँ १४ पैसा कायम भएको छ।