काठमाडौं । एमाले नेता निर्मल कुइँकेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले पशुपति क्षेत्र विकास कोषको जग्गा भाडामा दिँदा ४६ करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै परेको मुद्दामा एमाले नेता कुँकेलसहित ९ जनालाई दोषी ठहर गरेको हो ।
सर्वोच्च अदालतले कुइँकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई ६ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतबाट पनि उनलाई त्यति नै जरिवाना सुनाइएको छ। उनले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुँदा बालुवाखानी सञ्चालनसम्बन्धी ठेक्काको फाइलमा निर्णय गरेका थिए ।
