काठमाडौं ।निजामती सेवाबाट श्रेणी हटेको छ । अब निजामती सेवामा तहगत संरचना रहने गरी प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति जुटेको हो ।
सरकारले श्रेणीगत र तहगत दुवै प्रणाली राख्नेगरी विधेयकमा प्रस्ताव गरेकोमा समितिमा दफाबार छलफलका क्रममा तहगत प्रणाली मात्रै राख्ने सहमति जुटेको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए ।
अब निजामती कर्मचारी सेवामा चौधौं तह रहने भएको छ ।


