काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा.रघुराज काफ्लेलाई नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।
समितिले आवेदन स्वीकृत भएका १० उमेदवारमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तवार्ता पश्चात अन्तिम सूचीमा डा. काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
डा। काफ्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत थिए ।