काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(विहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
बैंकले आजका लागि निर्धारण गरेको तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८२ पैसा कायम भएको छ भने यूके पाउन्ड स्टर्लिङको खरिददर १७८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ७७ पैसा तय गरेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ९६ रूपैयाँ ७६ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ २१ पैसा र बिक्रीदर नौ रूपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १९ रूपैयाँ १९ पैसा तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८० पैसा र बिक्रीदर ३६ रूपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०३ पैसा कायम भएको छ ।


