काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
बैंकले आज सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिदमूल्य १३६.९६ रुपैयाँ र बिक्रीमूल्य १३७.५६ रुपैयाँ कायम भएको छ ।
यस्तै आजका लागि एक युरोपियन युरोको खरिदमूल्य १४७.७० रुपैयाँ र बिक्रीमूल्य १४८.३५ रुपैयाँ रहेको छ ।
यसैगरी एक पाउण्ड स्टर्लिङको खरिदमूल्य १७७.१८ रुपैयाँ र बिक्रीमूल्य १७७.९५ रुपैयाँ रहेको छ भने एक स्वीस फ्र्याङ्कको खरिदमूल्य १५४.९८ रुपैयाँ र बिक्रीमूल्य १५५.६६ रुपैयाँ तोकेको छ ।
सिङ्गापुर डलर एकको खरिदमूल्य १०२.२६ रुपैयाँ र बिक्रीमूल्य १०२.७१ रुपैयाँ, जापानी येन १० को खरिदमूल्य ९.०८ रुपैयाँ र बिक्रीमूल्य ९.१२ रुपैयाँ, चिनियाँ युआन एकको खरिदमूल्य १८.८५ रुपैयाँ र बिक्रीमूल्य १८.९४ रुपैयाँ, साउदी रियाल एकको खरिदमूल्य ३६.५१ रुपैयाँ र बिक्रीमूल्य ३६.६७ रुपैयाँ, कतारी रियाल एकको खरिदमूल्य ३७.५७ रुपैयाँ र बिक्रीमूल्य ३७.७४ रुपैयाँ निर्धारण गरिएको छ।


