काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशकमा मोहनबहादुर तामाङलाई नियुक्त गरेको छ ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा सार्वजनिक निर्णय सूचीअनुसार डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ बगरकोटबाट ४ कै टप्यामा कायम गर्ने र उक्त सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने पनि निर्णय गरिएको छ ।
क्याविनेटले साथै वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरिएको छ ।