काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले विदेशी भूमिमा पुगेर नेपालीले कमाएको अनुभव र पुँजी देश विकासमा फर्काउन आग्रह गरेका छन् ।
उनले गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको नवौँ राष्ट्रिय महाधिवेशनमा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
उनले एनआरएनए स्पेनले सबैसँग समन्वय गर्दै आपसी सहकार्यमा अगाडि बढेकोमा प्रशंसा गर्दै, दोस्रो पटक बार्सिलोना आउन पाउँदा हर्षित भएको बताए ।
आफ्नै अनुभव सुनाउँदै उनले भने, ‘फुलब्राइट छात्रवृत्तिमा छनोट भए पनि २०४५ सालमा पासपोर्ट नपाएको र २०४६ सालको जनआन्दोलन सफल भएपछि मात्रै विदेश जान पाएको थिए ।’
दक्षिण कोरियालीहरूको उदाहरण दिँदै उनले भने, ‘हामी पनि नेपाल फर्किनु पर्छ। हाम्रो मन नेपालमै छ, मौका मिल्यो भने धेरै नेपाली पुनः आफ्नै भूमिमा फर्कनेछन् ।’


