काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकले आज तय गरेको सटहीदर अनुसार एक अमेरिकी डलरको खरिददर १३७ रूपियाँ ९६ पैसा र बिक्रीदर १३८ रूपियाँ ५६ पैसा तोकेको छ ।
यस्तै एक युरोपियन युरोको खरिददर १६२ रूपियाँ ०८ पैसा र बिक्रीदर १६२ रूपियाँ ७८ पैसा तय गरेको छ भने एक युके पाउण्ड स्ट्रलिङको खरिददर १८६ रूपियाँ ८१ पैसा र बिक्रीदर १८७ रूपियाँ ६२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रूपियाँ ६२ पैसा र बिक्रीदर १७४ रूपियाँ ३८ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपियाँ २१ पैसा र बिक्रीदर ९१ रूपियाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रूपियाँ ३३ पैसा र बिक्रीदर १०१ रूपियाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपियाँ र बिक्रीदर १०८ रूपियाँ ४७ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रूपियाँ ४१ पैसा र बिक्रीदर नौ रूपियाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ २८ पैसा र बिक्रीदर १९ रूपियाँ ३६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ७७ पैसा र बिक्रीदर ३६ रूपियाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ८५ पैसा र बिक्रीदर ३८ रूपियाँ ०१ पैसा कायम भएको छ।


