काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।
उनले हिजो राजीनामा दिएका हुन् । उनको राजीनामा आज (बिहीबार) देखि लागु हुने गरी स्वीकृति गरिएको बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई बुझाइएको पत्रमा उल्लेख छ ।
यही मितिदेखि लागु हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।


