काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न भनी जारी गरेको आदेश खारेज गरेको छ ।
न्यायाधीशहरू डालकुमार खड्का र दिपक खनालको इजलासले नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको रिट निवेदन खारेज गरेको हो । निवेदन खारेज भएसँगै राजुलाई निलम्बन गर्ने प्रमुख प्रशासकिय अधिकृतको निर्णय कार्यान्वयनमा रोक लगाउने अन्तरिम आदेश समेत निस्तेज बनेको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेनले अनियमितताको आरोप लगाउदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कार्यकक्षमा प्रवेश गर्न दिएका थिएनन् । गुरागाईंको साटो अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन बालेनले गरेको आग्रहलाई तत्कालिन सरकारले अस्वीकार गर्दै आएको थियो ।


