काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नभएकाले संसद् पुनर्स्थापना हुनुपर्ने जिकिर गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले आज गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै निर्वाचन गराउने अधिकार नरहेको जिकीर गरे।उनले एमाले निर्वाचनबाट नभागोस् भन्ने गरिएको भन्दै एमाले निर्वाचन गराउनुपर्छ भन्ने पक्षमा रहेको दाबी पनि गरे। देशको सबैभन्दा ठूलो र मजबुत पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने उनले स्पष्ट पारे।


