काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले छापेको सवारीचालक अनुमति पत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ । क्यूआर कोड सहितको लाइसेन्सको परिक्षण सफल भएसँगै केन्द्रले शुक्रबार दिउँसो विभागलाई हस्तान्तरण गरेको हो ।
पहिलो चरणमा केन्द्रले ५ सय २० थान लाइसेन्स हस्तान्तरण गरेको यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले बताएका छन ।
‘३ः३० बजेतिर उहाँहरुले विभागमै पहिलोपटक छपाइ भएका ५ सय २० थान लाइसेन्स हामीलाई बुझाउनुभएको छ, दोस्रो चरणको तपाईका लागि करिब १२ सय आवेदकको तथ्याकं पठाइसकेका छौं त्यो पनि अब निरन्तर आउनेछ,’ उनले भने ।


