काठमाडौं । आजबाट लागू हुनेगरी नेपाल आयल निगमले डिजेलरमट्टितेलको मूल्य १ रुपैयाँ घटाएको छ।
निगमका अनुसार मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेलरमट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।


