काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाराको मटिअर्वा-मानमत सडकको निरीक्षण गरेका छन् ।
निरीक्षणको क्रममा उनले साढे ३ किलोमिटर सडकको निर्माणमा भइरहेको ढिलाइबारे छिट्टै निर्णय लिइने र ठेक्का तोडिन सक्ने बताएका छन् ।
भारतीय कम्पनी भिस्वा कन्स्ट्रक्सनले २०६८ सालमा २७ किलोमिटर सडक कालोपत्रे सुरु गरे पनि २३ किलोमिटर मात्र काम सम्पन्न गरी बाँकी अधुरै छाडेको थियो ।


