काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आज बझाङको बित्थडचिर तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्ट्,सब इन्जिनियर गणेश राज उपाध्याय,लेखापाल हर्क देव जोशी,बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र बहादुर बोहरा,सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीको मिलेमतोमा गाउँपालिकालाई गैरकानुनी हानि नोक्सानी पुर्याएको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।
