काठमाडौं । आज सेयर बजारमा हरियाी छाएको छ । उम्मेदवारी मनोनयन दर्ताको दिन आज नेप्से ४२.२६ अंकले बढेको हो ।
सबैभन्दा धेरै ९३.३६ प्रतिशत होटल र पर्यटन उपसूचकका लगानीकर्ताले कमाएका छन् । मंगलबार कुल ३ सय ३९ धितोपत्रको १ लाख १५ हजार १ सय ८१ कारोबारबाट २ करोड ५१ लाख ८५ हजार ६ सय ४७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम समेत ११ अर्ब ८५ करोड नाघेको छ ।
मंगलबार सबैभन्दा धेरै गुर्खाज फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ ।


