काठमाडौं । एनएमबि बैंकको ३०औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा सम्पन्न भएको छ ।
उक्त साधारण सभा एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न भएको थियो । सो अवसरमा सहभागी शेयरधनीहरूले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै बैंकका विविध पक्षमाथि छलफल गरेको थियो ।
एनएमबि बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।


