काठमाडौं । आज पनि सेयर बजार सूचक नेप्से १२.५८ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार यस दिन बजार १२।५८ अंकले घटेर नेप्से परिसूचक २६८३.१५ विन्दुमा बन्द भएको छ ।
आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिन आठ अर्ब २२ करोड ३९ लाख रुपैयाँको कारोबार भएकामा आज आठ अर्ब ६३ करोड १५ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेमा आज ३२२ कम्पनीको सेयर किनबेच भयो, जसमा ६६ कम्पनीको बढ्यो भने १९० वटाको घट्यो । तीन कम्पनीको मूल्यमा कुनै फेरबदल भएन ।


