काठमाडौं । आइतबार पनि सेयर बजार नेप्से परिसूचकमा १९ अंकको गिरावटआएको छ । आज सेयर किनबेचबाट ९ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ रुपैयाँ बराबर कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्से परिसूचक दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। मिथिला लघुवित्त वित्तिय संस्थाको सेयर सर्वाधिक ९।७० प्रतिशतले बढ्यो। यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो बैंकको सेयर १० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्षस्थानमा रह्यो।


