काठमाडौं । कालोपत्रे गर्न धुलिखेल–खावा सडकखण्ड चैत ७ गतेदेखि रातिको समयमा बन्द गरिने भएको छ ।
भक्तपुर सडक डिभिजनका प्रमुख सुमन योगेशले उक्त सडकखण्ड कालोपत्रेका लागि चैत ७ देखि २० गतेसम्म बन्द गर्न लागिएको जानकारी दिए
उनका अनुसार, उक्त अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजसम्म ठूला चारपाङ्ग्रे सवारी साधनहरू चल्न रोक लगाइएको हो । उक्त समयमा यात्रुवाहक बस पनि चल्न रोक लगाइएको र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।



