काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनले डा. हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
काठमाडौंमा जारी गैरआवासीय नेपाली संघको १२ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनमा अध्यक्षका उम्मेदवार रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको वृहत्तर हित र एकताका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै शर्मा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
विगतमा गुटबन्दी, विवाद, विभाजन र राजनीतिक प्रभावबाट गुज्रिएको एनआरएनएको यो अधिवेशनमा भने सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल भएपछि प्रतिनिधिहरू उत्साहित देखिएका छन्। अध्यक्षसँगै कार्यसमितिका बाँकी पदहरूमा समेत सर्वसम्मति गर्ने प्रयास भइरहेको छ। नयाँ नेतृत्वले संस्थालाई नयाँ दिशा दिने उनीहरूले विश्वास व्यक्त गरेका छन्।


