काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूका लागि संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सञ्चालन गरिएको छ।
उक्त प्रशिक्षण ललितपुरको जावलाखेलमा आज दिउँसो ११ः४५ देखि सञ्चालन भइरहेको छ। पार्टीका संघीय तथा प्रदेश सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण, नेतृत्व विकास र प्रभावकारी संसदीय भूमिकाबारे व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको पार्टीले जनाएको छ।


