काठमाडौं । टर्किस एयरको जहाज रनवेबाट हटाएपछि त्रिभुवन विमानस्थलमा जहाज उडान-अवतरण सुरु भएको छ।
इस्तानबुलबाट २७८ जना यात्रु बोकेर काठमाडौं आएको जहाज ल्यान्ड गर्नासाथ धावनमार्गमा टर्न गर्न खोज्दा आगो देखिएपछि यात्रुलाई आकस्मिकरुपमा बाहिर निकालिएको थियो ।
विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको हो ।


