काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई दिएको छ ।
मन्त्रालयले विभागकै सहसचिव अर्याललाई मंगलबार महानिर्देशकमा नियुक्त गरेको हो ।गत साता सरकारले सहसचिवहरूको सरुवा गर्दा निवर्तमान महानिर्देशक मदन दाहालको सरुवा भएपछि विभाग नेतृत्व रिक्त थियो ।


