काठमाडौं । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथा आरोहण गरेका छन् ।
शेर्पाले शनिबार सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् ।
योसँगै कामी रिताले धेरैपटक सगरमाथा चढेको यसअघिको आफ्नै विश्व कीर्तिमान भंग गरेका छन् । “सोलुखुम्बु, थामेमा सन् १९७० जनवरी १७ मा जन्मिएका कामी रिताले आफ्नो अदम्य साहस, अनुभव र समर्पणमार्फत पुनः विश्वसामु गर्वका साथ नेपालको शिर उठाउन योगदान दिएका छन्,” विभागबाट सगरमाथा आधार शिविरमा खटिएका उपसचिव खिमलाल गौतमले भनेका छन् ।


