काठमाडौँ । सरकारले गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)लाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत फर्काइएको छ ।
नेपाल सरकारको कार्यसम्पादन नियमावली २०८३ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालय मातहत फर्काएको हो ।
उक्त नियमावली बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । नियमावली पारित भएसँगै सरकारले राजपत्रमा प्रकाशित गरेको प्रधानमन्त्री कार्यालयका ४८ कार्यक्षेत्रमध्ये गुप्तचर विभाग २८ नम्बरमा राखिएको छ ।
यसअघि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि राअविलाई गृहबाट प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए । त्यसपछि अन्तरिम चुनावी सरकारले उक्त विभागलाई फेरि गृहमै फर्काएको थियो ।


